चन्द्रौटा,कपिलवस्तु-दिपक खडका माघ २९ गते

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अधिवेशन माघ २९ गते कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ३  मा सम्पन्न भएको छ । अधिवेशनमा राष्ट्रिय अध्यक्ष कमल बमको प्रमुख अतिथिय्ता रहेको थियो ।

जिल्ला अधिवेशनमा  लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, जिल्ला प्रवक्ता भुमिराज गिरी, जिल्ला सचिव प्रेम शंकर शुक्ला, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, शिवराज नगर अध्यक्ष चित्र बहादुर केसी (शंकर) लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

अधिवेशनमा संगठनको भावी कार्यदिशा, विद्यार्थी आन्दोलन, तथा नेतृत्व चयनबारे व्यापक छलफल गरिएको नगर अध्यक्ष चित्र बहादुर केसी (शंकर) ले कपुरी अनलाइनलाई जानकारी दिनु भयो  ।

जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पप्पु बानियाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिका अध्यक्ष पप्पु बानियाले  संगठनलाई अझ सबल, सशक्त र प्रभावशाली बनाउने गरि काम गर्ने  प्रतिबद्धता व्यक्त गर्नु भयो ।