शिवराजमा संगठन विस्तारमा जुट्यो राप्रपा
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवराज नगर समितिले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ।
आइतबार सम्पन्न नगर समितिको बैठकले शिवराज नगरपालिकाका ११ वटै वडामा सक्रिय सदस्यता तथा वडा समितिका सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकमा नगर समितिका पदाधिकारी तथा ११ वटै वडाका अध्यक्षहरूको सहभागिता रहेको थियो।
वडा तहदेखि संगठनलाई बलियो र व्यवस्थित बनाउँदै पार्टीको नीति, विचार तथा एजेन्डालाई जनस्तरसम्म पुर्याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको नगर अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।
बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार अजय थापाले संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिबारे धारणा राखेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















