स्थानीय चुनावको कमान्ड महिला युवा नेतृलाई
कपुरी डेक्स
चन्द्रौटा, कपिलवस्तु ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सञ्चालन गरेको ‘मिसन स्थानीय चुनाव’ अभियान अन्तर्गत कपिलवस्तुको जिम्मेवारी एमाले केन्द्रीय सदस्य एवम् शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीलाई प्रदान गरिएको छ।
अभियानका लागि देशभर जिम्मेवारी तोकिएका १२४ नेतामध्ये ६९ जना महिला रहेका छन्। पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै स्थानीय तहको चुनाव केन्द्रित अभियान अघि बढाएको जनाएको छ।
शिवकुमारी चौधरी शिवराज नगरपालिकाको स्थानीय निर्वाचनमा दुई पटक भारी मतान्तरसहित विजयी भइसकेकी नेतृ हुन्। उनी युवापुस्तामाझ लोकप्रिय तथा संगठन निर्माणमा सक्रिय नेतृका रूपमा परिचित छन्।
एमालेले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउन ‘मिसन स्थानीय चुनाव’ अभियान सञ्चालन गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























