कमल बिष्ट, कपिलवस्तु
नेकपा एमाले शिवराज नगर कमिटीको आज सम्पन्न बिस्तारित बैठकले यही भाद्र १३ गते नगर अधिवेशन गर्ने निर्णय गर्दै अधिवेशनको तयारी थालेको छ, जस अनुसार यही साउन २५ गतेसम्म पार्टी संगठित सदस्य नवीकरण गरीसक्ने र भाद्र ८ गते अधिवेशन प्रतिनिधि छनाेट गर्ने महत्त्वपूर्ण निर्णय सहित बैठक सम्पन्न भएको हो ।
नेकपा एमाले शिवराज नगर कमिटीका कार्यवाहक अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निवर्तमान अध्यक्ष डम्मर शर्मा , लुम्बिनी प्रदेश कमिटी सदस्यहरु नेत्रराज अधिकारी , लुम्बिनी प्रदेश सभा सदस्य तथा पार्टी प्रदेश कमिटी सदस्य माननीय अर्जुनकुमार केसी , पार्टी प्रदेश कमिटी सदस्य तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, जिल्ला कमिटी सचिव सिबी गहतराज ,जिल्ला कमिटी सदस्य तथा शिवराज ईन्चार्ज बाबुराम सापकोटा लगायत जिल्ला कमिटी सदस्यहरूको समेत आतिथ्यता रहेको थियो, बैठक नगर कमिटी सचिव शरद अधिकारीकाे संचालन तथा सहसचिव बेलसिंह रावतकाे स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।