अन्तर्राष्ट्रिय स्तरमा रहेको मन्दी नेपालमा पनि दखियो पूर्व मन्त्री :बलदेव
कपिलवस्तु
“जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ” अंतरगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तुद्वारा नेपालीहरुका साँस्कृतिक पर्व बडा दशैं, दिपावली , छठ , नेपाल सम्वत लगायतको शुभ अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै पुर्ब कृषि मन्त्री चक्रपणि खनाल `बलदेव´ ले हाल अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको बताउनु भयो । उहाँले नेपालको आर्थिक अवस्था सुधारन कृषि , शिक्षामा विशेष जोड दिनु पर्ने र बिदेशबाट आएको रेमिटेन्सको उचित सदुपयोग गर्नु पर्ने धारणा समेत व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा पुर्ब युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज `अथक´ , नेकपा एमाले , जसपा , राप्रपा , रस्वपा लगायत पार्टीका नेता तथा प्रतिनिधि उपस्थित रहेको थियो।
उक्त कार्यालय कपिलवस्तु नगरपालिकाको सभा हलमा नेकपा माओवादीका जिल्ला संयोजक बिस्णु बेलबासेको अध्यक्षता रहेको कार्यक्रमको संचालन नेकपा माओवादी जिल्ला सचीव हजरत अलिले गर्नु भएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















