विजयनगर) कपिलवस्तु, १० असाेज ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज बाणगंगा नगर कमिटीकाे पूर्ण बैठक सम्पन्न भएकाे छ । मुक्ति समाजकाे बैठकले नगरकाे सबै वडामा जिम्मेवारी समेत बाडफाड गरेकाे छ । बुधबारकाे बैठकले असाेज २० गतेभित्र सबै वडाकाे बैठक र भेला कार्यक्रम गरिने निर्माण गरिएको नगर कमिटीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले परिवर्तनका लागि चिन्तन हुनुपर्ने बताएका छन् । उनले एमाले निकट संगठन, आबद्ध व्यक्तिले गर्ने कार्यशैली र व्यवहारमा परिवर्तन हुनुपर्नेमा जाेड दिए । अब हामीभित्र रुपान्तरणकाे आवश्यकताकाे खाँचाे रहेकाे अध्यक्ष शर्माकाे भनाई छ । उनले याेजनाबद्ध हुनुपर्ने बताउँदै आय, सीपमूलक र उत्पादनमुलक कार्यमा जुट्न जरुरी रहेकाे जिकिर गरे ।

यस्तै नेपाल उत्पीडित जातीय मुक्ति समाजकाे स्थायी केन्द्रीय कमिटी सदस्य सिबी गहतराजले सशक्त ढङ्गले संगठनलाई बढाउनुपर्ने बताउँदै मुक्ति समाजलाई मजबुत र पैरवीका एकजुट हुन आवश्यक रहेकाे बताए । एमाले जिल्ला कमिटी सचिव समेत रहेका गहतराजले विविध सामाजिक विभेदलाई अन्त्य गर्न सबैले संगठित हुँदै अघि बढ्नुपर्नेमा जाेड दिए ।

बैठकमा एमाले प्रदेश कमिटी सदस्य लाल बहादुर सुनार, पूर्ण कला सुनार, एमाले सचिवालय सदस्य सुमित्रा परियार, केन्द्रीय कमिटी सदस्य टीकाराम सुनार, एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पाेख्रेल, मुक्ति समाज जिल्ला कमिटी सदस्य दिल बहादुर खाती लगायतले मन्तव्य राखेका थिए ।

मुक्ति समाज बाणगंगा नगर कमिटीकाे अध्यक्ष कृष्ण विश्वकर्माकाे अध्यक्षतामा भएको बैठकमा मुक्ति समाज प्रदेश कमिटी सदस्य राम बहादुर गन्धर्व, सिसमा परियार जिल्ला कमिटी सदस्य शम्भु विश्वकर्मा, लगायतकाे उपस्थिति रहेकाे थियाे ।