कपिलवस्तु, २५ फागुन ।

अखिल नेपाल महिला संघ कपिलवस्तु शिवराज नगर समिति को आयोजनामा खरेन्द्रपुरमा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । अखिल नेपाल महिला संघ नगर समिति अध्यक्ष बलौता विकको अध्यक्षता र अखिल नेपाल महिला संघ  कपिलवस्तु जिल्ला अध्यक्ष कमला पौडेलको प्रमुख आतिथ्यता मा  सम्पन्न भएको हो ।

प्रमुख अतिथि पौडेलले महिलाहरुको हक अधिकार सिमित प्रकारको रहेको बताउँदै चेतनाको इस्टरको कमीले गर्दा  महिलाहरु पछाडि परेको बताउँदै महिलाहरु संगठित भएर हक अधिकार सुनिश्चितको एक हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब केर सिंह अदैले श्रमिक दिवसको  बारेमा प्रकाश पारे । पुरुष सरह समान हक र स्वतन्त्रता प्राप्त गर्न पैतृक सम्पत्तिमा छोरा सरह हक र सम्बन्ध विछेडमा स्वतन्त्रताको हक पाउनु पर्ने बताए ।

आमूल परिवर्तन सँगै महिलाहरुका हक अधिकार सुनिश्चित हुने र श्रमिक महिला दिवस लाई वर्गीय आन्दोलन संग जोडेर लैजानु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केर सिंह पुन र अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य कर्म राज चौधरी  मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन अखिल नेपाल महिला संघ जिल्ला सह सचिव बिनिता अदै र स्वागत अखिल नेपाल महिला संघ नगर सदस्य राम माया सुनारले गरेकी थिइन ।