चन्द्राैटा, १६ फागुन ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर ४ को बनकट्टीमा दाेस्राे वडा भेला सम्पन्न भएको छ । पदम बहादुर जिसिको अध्यक्षतामा र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलाले मोहन जीसीको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा नम्बर ४ वडा कमिटी गठन गरिएको छ । जस अनुसार उपाध्यक्ष पदमा मान बहादुर बोहरा, सचिव शकुन्तला जीसी, कोषाध्यक्ष वेलौता विक, सदस्यमा पदम बहादुर जीसी, सुरज कुँवर, राजकुमार सुनार, हुसेन मुल्ला, वसन्त सुनार चयन गरिएको छ । सल्लाहकारमा शोभा जीसीलाई चयन गरिएको छ । भेला पछिको बैठकले सदस्यता वितरण गर्ने, दुई महिनामा बैठक बस्ने, सुकुम्बासीहरुको काममा सहयोग गर्ने लगायत निर्णय गरेको छ ।
नवनिर्वाचित समितिलाई रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका अध्यक्ष बेगम बुढाले शुभकामना दिएका थिए । भेलाको सञ्चालन मोहन जीसीले र स्वागत मन्तव्य चेट नारायण खनालले गरेका थिए । भेलालाई सम्बोधन गर्दै सचिब अदैले राष्ट्रियता, गणतन्त्र धर्म निरपेक्षताको रक्षा, संघीयता खारेजको विषयमा प्रकाश पारे । भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम बहादुर चमार, जातीय समता समाजका जिल्ला सदस्य मोहन विक, अखिल नेपाल महिला संघ शिवराज नगर समिति अध्यक्ष बेलाउता विकले पनि सम्बोधन गरेका थिए ।