जनयुद्ध आम नागरिकको उत्सवकाे पर्व हाे : विप्लव
राम अवतार चाैधरी
चन्द्राैटा, २ फागुन ।
नेकपाका महासचिव (विप्लव ) नेतृत्व नेत्र बिक्रम चन्दले जनयुद्ध आम नागरिकहरुकाे पर्व रहेकाे बताएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-१, शिवगढीमा २९औं जनयुद्ध दिवसकाे अवसरमा मंगलबार आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
जनयुद्ध त्यस्तै भएकाे हाेइन दिनभरि काम गरेर खान नपाएका किसान मजदुर लगायतले जन्माएकाे युद्ध रहेकाे समेत चन्दले बताए । नेपालमा १५ देखि २० जनाकाे परिवारमा पैसा थुप्रिएकाे जिकिर गर्दै वैदेशिक राेजगारीमा स्वादेशमा केही हुँदैन भन्ने शक्तिहरुले फिजाएकाे हल्ला रहेकाे उनले जनाए ।
स्वादेशमा राेजगारीकाे सिर्जना गर्ने वातावरण सरकारले पछिल्लो समय अधिकांश सम्पत्ति कब्जा गरेर देश बेच्ने शक्तिहरु शल्बाएकाेले अबकाे पुस्ताले साेच्नुपर्ने रहेकाे उनकाे भनाइ छ । आफूहरु देश बनाउन तत्पर रहेकाे भएपनि सरकारले अनावश्यक मुद्दाहरु लगाउने कार्य अव्यवहारिक रहेकाे बताए । मुद्दा लगाएर आफूलाई जालसाजी गर्ने देश विकास गर्ने समाधानकाे पाटाे नरहेकाे दावी चन्द गरे । जनयुद्ध उत्सवकाे पर्व मनाउन सर्वोच्चले राेकेकाे आराेप समेत लगाए ।
महासचिव विप्लवले माओवादीलाइ आतंककारी भनेर साम्राज्यवादिहरुले देशलाइ घेराबन्दी गर्ने कोसिस गरेको बताए । माओवादीलाई सिध्याउने षड्यन्त्र भइरहेको भन्दै अब गम्भीर बन्ने समय आएको उनले जिकिर गरे । ” यो देशमा गणतन्त्र कसले ल्याएको हो ? विप्लव भने ,”जनयुद्वको उपलब्धि लाई अस्वीकार गर्ने तत्वलाइ माओवादीहरुले ठिक पार्ने छन” ।
स्थायी कमिटी सदस्य अनिल सिले साम्राज्यवाद हाबी भएको भन्दै देशको अवस्था जर्जर भएको बताए । आर्थिक राजनीतिक कारणले देश भयानक समस्यामा जान सक्ने उल्लेख गरे । पोलिटव्युरो सदस्य भेषराज भुसालले जनयुद्वलाई अपराधीकरण बनाउन खोजे त्यसको प्रतिवाद गर्ने उनकाे भनाई छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























