हिमालीको साधारण सभा तथा अधिवेशन
राम बहादुर गन्धर्व । कपिलवस्तुको वाणगंगा नगरपालिकाका वडा नं.५ कोपवा स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुको १६ अाैं साधारण सभा तथा छैठौं अधिवेशन अाइतबार सम्पन्न भएको छ।अधिवेशनले अगामी ४ बर्षका लागि दुनिका प्रसाद भुसालको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा भरतराज न्याैपाने,सचिवमा कमल प्रसाद खनाल-कोषाध्यक्षमा लक्ष्मण भुसाल ,स-सचिवमा लक्ष्मी कुमारी पोख्रेल रहेका छन भने सदस्यहरूमा युवराज अर्याल, अोम प्र.अधिकारी ,चुरामणि अाचार्य,गोविन्द शर्मा लगायत रहेका छन। त्यसतै: अधिवेशनले कपिल घिमिरेको संयोजकोत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसको सदस्यहरूमा मधु गाैतम (भुसाल ) र देवेन्द्र पोख्रेल रहेका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै वाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्थानीय सहकारीहरू अार्थिक समृद्धिका मेरूदण्ड भएको बताउदै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए । त्यस्तैः उपप्रमुख रिता कुमारी चाैधरीले पनि लघुवितहरू र अायतित सहकारीहरूबाट सजग रहदै स्थानीय सहकारीहरूमा ढुक्क भएर कारोवार गर्न आग्रह गरि यसै बिच संस्थाका कोषाध्यक्ष लक्ष्मण भुसालले १७०७ जना शेयर सदस्यबाट ३ करोड ८५ लाख ५५ हजार ४०० |- शेयर पुजी रहेकोमा १८ करोड ,७२ लाख ९ हजार ६ सय २७ निक्षेप संकलन सहित ९० लाख ५१ हजार १ सय ४४ रू. नाफा रहेको बताउदै २६ करोड ३१ लाख ७७ हजार १ सय ८८ रूपिया बराबरको अायव्याय सार्वजनिक गरेका थिए त्यस्तै लेखा समिति संयोजक कपिल घिमिरेले संस्थाको सु- शासन र पार्दशीता रहेको जानकारी दिदै लेखा प्रतिवेदन पेश गरेका छन । संस्थाका अध्यक्ष बाबुराम अर्यालले अगामी बर्ष २०८०/०८१ का लागि विभिन्न योजना सहित प्रस्तावित नीति तथा कार्यक्रम पेश गरेका थिए। विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी,जनप्रतिनिधि ,स्थानीय समाजसेवी लगाएतको उपस्थिति रहेको कार्यक्रम बाबुराम अर्यालको अध्यक्ष्ातामा ,भरतराज न्याैपानेको स्वागत तथा कमल प्रसाद खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























