कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते
कपिलवस्तु, साउन १८ — कपिलवस्तु नगरपालिका–६, सिद्धिपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा परेपछि गोबरी निवासी २५ वर्षीय मुरली यादवको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार २९ वर्षीय प्रतिक जैसवाल गम्भीर घाइते भएका छन्।
उनको प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै, दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















