चिकित्सक संघद्वारा चिकित्सकमाथि भएको आक्रमणको विरोध, दोषीमाथि कारबाही माग
चिकित्सक संघद्वारा चिकित्सकमाथि भएको आक्रमणको विरोध, दोषीमाथि कारबाही माग
नेपाल चिकित्सक संघले नायबगढीस्थित नागार्जुन अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद रामलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको छ। संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले स्वास्थ्य सेवाको वातावरण असुरक्षित बनाएको भन्दै दोषीमाथि कारबाही नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ। संघले घटनाको विरोधमा श्रावणको १२ गतेदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको जनाएको छ।
संघले आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी, पत्रकार तथा आम नागरिकको साथ र सहयोगका लागि अपिलसमेत गरेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















