कपिलवस्तु, ५ पुस ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ३ को खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ । नन्दराज भण्डारीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको उपस्थितिमा सम्पन्न भेलाले श्याम मोहन केवटको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय जनमोर्चा खरेन्द्रपुर गाउँ कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा बिनिता अदै, सचिबमा टिक माया भण्डारी, कोष अध्यक्षमा, भुमीसरा अदै, सदस्यहरुमा नन्द राज भण्डारी, चन्द्र बहादुर अदै, मान बहादुर विक, राम किसुन लोनिय, शोभा पोखरेल, ओम बहादुर खड्का, राम प्रसाद यादव, वैकल्पिक सदस्यमा राधेश्याम लोनीया, कमला अदै, सल्लाहकारमा रामदेव कुर्मी, डिलाराम खनाल, पुरण मुराउ र बल बहादुर खत्री रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै जिल्ला सचिव अदैले राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम प्रति कसैको विरोध नभए पनि जनतालाई व्यापक संगठित गराउन नसकिएको बताउँदै जनताका तत्कालीन स्वार्थ ,आकांक्षा राष्ट्रिय जनमोर्चाबाट पूरा नहुने बताए । भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार चेट नारायण खनाल, राष्ट्रिय जनमोर्चा शिवराज नगर सचिब श्याम प्रकाश खनालले मन्तव्य राखेका थिए ।