कमल बिस्ट, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर, बेलौतिमा रहेको जय बुद्ध सामाजिक युवा क्लबले १० औं संस्करणको बुद्ध कप फुटबल प्रतियोगिता लाई यही माघ २० गते बाट लिग माध्यमा खेलाउने भएको छ ।

सामाजिक, सान्स्कृतिक एवम् खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुउर्‍याउदै आएको जय बुद्ध सामाजिक युवा क्लबले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन टिमले नगद रु ६० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले रु २५ हजार प्राप्त गर्नेछ । त्यस्तै महिला तर्फ हुने फुटबल प्रतियोगितामा पनि नगद र ट्रफिको व्यवस्था गरिएको सचिव केसर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जानकारी गराइएको छ ।

क्लबले प्रतियोगिता लाई नगर स्तरीय प्रतियोगिताको रुपमा प्रतिस्पर्धा गराउन लागेकाले सबै सहभागी खेलाडी शिवराज नगरपालिका भित्रका हुनुपर्ने आयोजकले जानकारी गराएको छ भने सहभागी हुन चाहने टिमले यही पौष २१ गते शनिवार सम्म टिम दर्ता गरिसक्नुपर्ने भनिएको छ भने प्रतियोगिता आयोजनाका लागि सहयोग दाताहरू लाई सहयोगको लागि पनि आग्रह गरेको छ ।