कपिलवस्तु, १४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
पुर्वसांसद समेत रहेकी विश्कर्मा मंगलबार माओबादी परित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।
विश्वकर्मा एमाले प्रवेशसंगै माओवादी केन्द्र कपिलवस्तुलाई गम्भिर धक्का लागेको छ। उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट वि.स. २०६३ सालमा सांसद भएकी थिइन् ।