सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा समानुपातिक सांसद बनाउने जसपाकाे निर्णय
काठमाण्डाै, १३ कार्तिक । जनता समाजवादी पार्टी नेपालले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशसभाकाे समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गएकाे भदौमा निधन भएपछि त्याे ठाउँमा सञ्जिलाकुमारी यादवलाई चयन गरिएको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेशसभामा समानुपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताउनुभयो । उहाँले बैठकमा सङ्घीय संसद्मा पेस हुन लागेका ऐनहरूको बारेमा पनि छलफल भएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















