काठमाण्डाै – आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैँ यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज शनिवार नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढु्ङ्गाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्च पदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो । तस्बिर : रासस