पार्टीभित्रको अराजकतालाई एक इञ्च पनि स्वीकारिँदैन : ओली
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन्।
अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरूलाई निर्देशन दिए।
शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा हुनै नसक्ने बताए।
अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको पनि उल्लेख गरे। ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताए।
उनले पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ भन्दै प्रश्न पनि गरे। त्यही अनुसार लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























