एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत
धनगढी, २५ असोज ।
धनगढीमा जारी एमाले सुदूरपश्चिम अधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन भएका छन् । अधिवेशनको पांचौ दिनमा अध्यक्षमा कृष्ण प्रसाद जैसी,सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक, उपसचिवमा महिला तर्फ भागरथी विष्ट, नरबहादुर बिक सर्वसम्मत चयन भएका हुन् ।
सचिवमा रतन रेग्मी र उपसचिवमामा अशोक चन्दले फिर्ता उम्मेदवारी फिर्ता लिएसँगै चन्द र बिक उपसचिवमा महिलातर्फ कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत भएका हुन् । यस अघि बुधवार नै उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए । पदाधिकारी सर्वसम्मत भएपनि सदस्यहरूमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । यद्यपि केही सदस्य भने सर्वसम्मत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























