विजयनगर गाउँपालिका-७ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न
विजयनगर, २४ असाेज ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको वडा नम्बर-७, मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । बुधबार झोलानिय चौराहामा सम्पन्न भएको हाे । 
बुधबार भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब केर सिंह अदैले राष्ट्रिय जनमोर्चाको नीति सिद्धान्त व्यवहारमा ढिलो लागू हुने बताए । संविधान सभाको चुनावको लागि संघर्ष, शाही घोषणाबिरुद्ध संघर्ष, जातीय राज्य, संघीयता र एमसिसि बिरुद्ध संघर्षमा राष्ट्रिय जनमोर्चा अग्र पङ्तीमा उभिएको उनले जनाए ।
हिजो हामीलाई अधिकार विरोधी, संघीयता विरोधी भनेर प्रचार गर्नेहरुको आज बोली बन्द भएको बताउँदै गाउँ गाउँमा राष्ट्रिय जनमोर्चा को खोजी भइरहेको बताए । भेलालाई तराई मधेस जनवादी मोर्चा, विजयनगरका अध्यक्ष खदेरु पासी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य त्रिवेणी कुर्मी, जातीय समता समाज की जिल्ला सदस्य मनिषा कोरी, राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोविन्द परिवारले मन्तव्य राखेका थिए ।
भेलाले राम समरे धोबीको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा समिति गठन गरेको छ । जस अनुसार अपा अध्यक्षमा मनिषा कोरी, सचिब बाल जी कोरी, कोष अध्यक्ष समुन्द्र पासी, सदस्यहरु, राम सिम्रन यादव, नन्द कुमार धोबी, हनुमान कोरी, श्री राम धोबी, सेतु कोरी, प्रभु दयाल ठाकुर, रक्षा राम पासी, मुर्ता कोरी, धन राज कुर्मी, राम कुमार कोरी, राजेन्द्र धोबी र सल्लाहकारमा शिव जी पठान, राम सिम्रन कोरी, वीरेन्द्र कुमार चौधरी र बजरंगी कहार रहेका छन् ।




















