बुद्धभूमि नगरपालिकामा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न
चन्द्राैटा, २३ असोज ।
कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिकाको वडा नम्बर–१ को शान्तिपुरमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । बुद्धिराम पन्थीको अध्यक्षतामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केर सिंह अदैको संयोजकतत्वमा मंगलबार भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाको नीतिलाई धेरैले सही बताए पनि आखिरमा संगठन कमजोर हुनुको कारण जनताको आकर्षण आफूतिर न आएको बताए । संगठन बलियो नहुँदा समाजमा पनि अस्तित्व गुम्ने हुँदा संगठनलाई मजबुट बनाउनु पर्ने उनले जिकिर गरे ।
यसैबीच भेलामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नर बहादुर घर्ति मगर, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य लक्ष्मी भुसाल, राष्ट्रिय जनमोर्चा बुद्धभूमि नगर समितिका अध्यक्ष डिलाराम भुसालले मन्तव्य राखेका थिए । भेलाले जीवन भुसालको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा समिति चयन गरेको समेत जनमोर्चाले जनाएको छ ।
जस अनुसार अपा अध्यक्षमा मिना केसी, सचिव मित्रलाल घिमिरे, कोष अध्यक्ष जेदु प्रसाद आचार्य, सदस्यहरु टान बहादुर सुनार, दाल बहादुर जिसी, मेहर सिंह नेपाली, बुद्धिमाया भुसाल, सरस्वती अधिकारी, सल्लाहकारमा बुद्धिराम पन्थी, नर बहादुर घर्ति, लक्ष्मी पोखरेल र विष्णु खनाल रहेका छन् । भेलाको संचालन मित्रलाल घिमिरे र स्वागत मिना केसीले गरेका थिए । भेलापछिको बैठकले सदस्यता वितरण गर्ने, गाउँ कमिटी गठन गर्ने, प्रशिक्षण कार्यक्रम गर्ने लगायत निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















