मेयरका उम्मेदवार चौधरी नागरिक उन्मुक्ति पाटीमा
चन्द्रौटा, १६ असोज ।
जनता समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्णकुमार चौधरी नागरिक उन्मुक्ति पाटीमा प्रवेश गरेका छन् । शिवराज नगरका प्रभावशालि रुपमा चिनिएका चौधरी नागरिक उन्मुक्ति पाटीमा प्रवेशले थप बलियो हुने सम्भावना गरीएको छ । चौधरी आगामी निर्वाचनमा नागरिक उन्मक्ति पाटीबाट मेयरको उम्मेदवार बन्न सक्ने सम्भावना देखिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी थारु संङघ्रालयमा मङ्गलवार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम उनलाई पाटीका संरक्षक रेशमलाल चौधरीले स्वागत गरेका थिए । माओवादी केन्द्रका नेता करम हुसेन लगायत दर्जनौँ नेताहरू पाटी प्रवेश गरेको नागरिक उन्मुक्ति पाटी शिवराज नगर समितिका अध्यक्ष उमेश थारुले बताए ।




















