आर.ए.अन्जान
चन्द्रौटा, १३ असोज ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी यहि असोज १६ गते कपिलवस्तु आउने भएका छन् । पार्टीको शिवराज नगर कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मंगलबार शिवराज नगरपालिकामा आउने भएको अध्यक्ष उमेश थारुले बताए ।

उनले स्थानिय सामाजिक अभियान्त तथा अगुवाहरुलाई भेटघाट गर्न कपिलवस्तु आउने लागेको पार्टीले जनाएको छ । अध्यक्ष थारुको अनुसार सांसद चौधरी कार्यक्रममा उपस्थित भएर कपिलवस्तुका प्रभावशाली नेता तथा कार्यकर्ता प्रवेश गराउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा शिवराज, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा स्थानिय कालकारलाई समेत प्रमोट हुनेगरी स्थान दिइने जनाइएको छ । कपिलवस्तु जिल्लाभरीबाट सामाजिक अभियान्ता तथा अगुवाहरुको सहभागिता रहने बताइएको छ ।