एमाले पहिचानविरोधी पार्टी होइन : पोखरेल
विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचानविरोधी पार्टी नभएको दाबी गरेका छन् ।
विराटनगरमा आयोजित एमाले कोशी प्रदेश अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अहिले जातीय र धार्मिक अतिवाद सुरु भएको र अतिवाद निम्ताएर एमालेलाई पहिचानविरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको दाबी गर्दै उनले एमाले पहिचानविरोधी पार्टी नभएको दाबी गरे।
कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवादी जाग्ने बताउँदै उनले अरूको नेतृत्व हुँदा पहिचानवादी सुत्ने समेत आरोप लगाए। कोशी प्रदेश सरकारको सन्दर्भमा उनले नेकपा एमालले बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा सरकार फेरबदल भएको बताउँदै उनले यसले जनादेशको अपमान भएको बताए।
०८४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै उनले एमालेले मुलुकमा राजनीतिक स्थायित्व दिन, सामाजिक सद्भाव दिन मिसन ८४ को उद्देश्य रहेको बताए ।
‘सामाजिक अराजकता देखा परेको छ, एमालेले अहिले देखा परेको अराजकतालाई अन्त्य गरिनुपर्छ, उनले भने,‘समाजिक, सांस्कृतिक र नैतिक विचलन, मूल्य मान्यता, धर्म संस्कृतिमा वचलित बनाउने हमला गर्ने लाई खबरदारी गर्नुपर्ने छ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























