काठमाडौं : नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने भएको छ। अधिवेशनको पाँचौं दिनमा अन्तिम नामावली प्रकाशन भएको छ। मतदान पार्टी कार्यालय च्यासलमा हुने छ।

अध्यक्षका लागि अब दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ।  तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्।  अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।