मुक्ति समाज विजयनगरकाे बैठक सम्पन्न : असाेज १४ गते प्रशिक्षण भेला गर्दै
विजयनगर, ७ असाेज ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाउँ कमिटीकाे विस्तारित बैठक सम्पन्न भएको छ । मुक्ति समाजकाे बैठकबाट यही असाेज १४ गते प्रशिक्षण भेला गर्ने निर्णय गरिएको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर इन्चार्ज गाेपाल बहादुर थापाले सशक्त ढङ्गले संगठनलाई अघि सार्नुपर्ने बताएका छन् ।
एमालेकाे विचार, सिद्धान्तलाई जनता माझ पुर्याउन आवश्यक रहेको बताउँदै प्रशिक्षण भेला कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । मुक्ति समाज प्रदेश कमिटी सदस्य टंक बहादुर सुनारले असाेज १४ गते हुन लागेकाे प्रशिक्षण कार्यक्रमले मुक्ति समाजलाई मजबुत र पैरवी गर्नका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए ।
संगठनकाे विस्तार गर्दै घरघरमा एमाले नेतृत्वकाे सरकारले गरेका काम सन्देश पुर्याउनु पर्नेमा जाेड दिए । कार्यक्रम नेपाल जातीय मुक्ति समाज विजयनगर गाउँ कमिटीका उपाध्यक्ष गुरुचरन कोरीको अध्यक्षतामम बैठक बैठक सम्पन्न भएकाे जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























