राजतन्त्रको माग गर्दै कमल थापाको राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं : राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराज्य, संघीयता होइन सुदृढ स्थानीय स्वायत्त शासनको माग गर्दै आज प्रदर्शन गर्न लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। राजालाई गाली गर्दै अब राजतन्त्रको पक्षमा वकालत नगर्ने भन्दै पार्टी फुटाएका अध्यक्ष कमल थापा अन्तत: राजतन्त्रको पक्षमा उभिएका छ।
भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, महङ्गी र कुशासनको विरुद्धमा जनता सडकमा आउन बाध्य भएको उनको भनाइ छ। आज दिउँसो १ बजे भद्रकालीबाट शुरु हुने र्याली भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुनेछ। सभालाई पार्टी अध्यक्ष थापा लगायत नेताहरुले सम्बोधन गर्ने राप्रपा नेपालले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























