चन्द्राैटा, २२ भदाै ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएकाे छ । एमाले शिवराज नगर कमिटीद्वारा शुक्रबार बिहान एक कार्यक्रमका बीच सम्मान गरिएकाे हाे ।

केही दिन अघि बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रदेश सदस्य पदमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारी, बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारु सर्बसम्मत निर्वाचित भएका हुन् भने केसी खुल्ला सदस्य पदका उम्मेदवार दिएका थिए ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सुशील कुमार श्रीवास्तवले नव निर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरे । उनले समग्र समुदाय विकास गर्नतर्फ ध्यान दिन जरुरी रहेकाे बताए ।

यसैबीच जिल्ला कमिटी अध्यक्ष डम्बर शर्मा, सचिव सिबि गहतराज, नगर कमिटी अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पाेखरेल,  सचिव शरद अधिकारी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।