राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन
कपिलवस्तु, २१ भदौ ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । भदौ २० गते राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लहकार तथा तराई मधेश जनवादी मोर्चाका केन्द्रिय अध्यक्ष वद्रे आलमले उदघाटन गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य को अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक केन्द्रिय सदस्य केर सिंह अदै, अखिल छैठौंका केन्द्रिय सदस्य रेसब आचार्यले सम्बोधन गर्नु भएको थियो ।
अतिथिहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु बेल्वासे, नेकपा एकीकृत समाजवादीकी प्रतिनिधि गीता अन्जान, नेकपा विप्लका नेता निर्माण, र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले मन्तब्य राख्दै सम्मेलनको शुभ कामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सशी सापकोटा र स्वागत रामप्रसाद बेल्बासेले गर्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत र नित्य समेत प्रस्तुत गरेको थिए ।
द्रोसो चरणमा बन्द सत्र सुरु भएको थियो दल बहादुर कुँवर, मुक्ति न्यौपाने, लक्ष्मी भुसाल रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । दधिराम आचार्यद्वारा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, चेट नारायण खनालद्वारा आर्थिक प्रतिवेदन, प्रस्तुत गरिएको थियो । व्यापक छलफलपछि दुवै प्रतिवेदन पास गरिएको थियो । त्यसपछि शिव पौडेल, अम्बिका पौडेल, घनश्याम अधिकारी रहेको निर्वाचन गठन गरिएको थियो । पुरानो समितिकोतर्फबाट संख्या र नामावली प्रस्तुत गरिएको थियो ।
१७ पूर्ण, ४ वैकल्पिक, ४ सल्लकर गरी २५ सदस्यिय समिति एक मतले पास गरिएको । जस अनुसार अध्यक्ष, हरी प्रसाद बेल्बासे, उप अध्यक्ष दल बहादुर कुँवर, सचिब केर सिंह अदै, सह सचिव निर्मला भुसाल, कोष अध्यक्ष केहर सिंह पुन, सदस्यहरुमा, नर बहादुर घर्ति, नागराज योगीमा नर बहादुर नेपाली, ऋषि राम शर्मा, माधव भात क्षेत्री, डिलाराम भुसाल, लक्ष्मी पोखरेल, त्रिवेणी प्रसाद कुर्मी, नन्दकला पौडेल, राम बहादुर पौडेल, कर्माराज चौधरी, अनन्त कुमार चौधरी रहेका छन् ।
वैकल्पिकमा जीवलाल भुसाल, टीकाराम सापकोटा, कुबेर पासी र एक स्थान रिक्त राखिएको छ । सल्लकरमा दधिराम आचार्य, डबल सिंह जिसी, चेट नारायण खनाल, टेक पति सापकोटा, लक्ष्मी भुसाल रहनु भएको छ । राष्ट्रिय जनमोर्चाको प्रथम बैठकले संगठन सदस्यता वितरण, भेला प्रशिक्षण कार्यक्रम गर्ने गरी विशेष प्रस्ताव पारित गरेको छ । समापन कार्यक्रमको अध्यक्षता हरी प्रसाद बेल्बासे गर्नु भएको थियो । प्रतिनिधिहरुको तर्फ देखि छन्द बहादुर केसी ले र अतिथिको तर्फ देखि राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपअध्यक्ष यवम प्रवक्ता दुर्गा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















