सिंहदरबारमा प्रचण्ड–ओलीबीच भेटवार्ता
फाइल फोटो
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।
उनीहरूबीच प्रचण्डको चीन भ्रमण, संक्रमणकालीन न्याय, समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘उहाँहरूबीचको नियमित भेटघाट हो। संक्रमणकालीन न्यायलगायतका विधेयक, प्रधानमन्त्रीज्यूको चीन भ्रमणलगायतका समसामयिक विषयमा छलफल भयो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्ड असोज ४ गते अमेरिका भ्रमणमा जाँदैछन्। उनी उतैबाट चीन हुँदै नेपाल फर्कने कार्यक्रम छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















