एमालेद्वारा दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी
काठमाडौँ : नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ।
आइतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन्।
पोखरेलका प्रस्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन्। त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा काँग्रेस सांसद शान्ति बिक रहेकी छन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेकी छन्।
संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ। समिति सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा सार्वजनिक लेखा समितिका सभापतिका उम्मेदवार ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउन सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई सहयोग, सुझाव र उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह दिने काम रहेको बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















