काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार शुरु हुँदैछ।

दुई दिनचल्ने बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्राडा विष्णु भण्डारीले प्रतिवेदन पेश गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख बर्तौलाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफल गरेर शुक्रबार पार्टीको आगामी कार्यदिशा तय गर्ने राप्रपा नेपालले बताएको छ।