कोशी सरकारविरुद्धको रिटको आज सुनुवाइ
काठमाडौं : कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजको लागि पेशी तोकिएको छ।
हिजो रिट दर्ता भएसँगै आजका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पु¥याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो।
कार्कीले संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन पनि माग गरेका छन्।
यसअघि गएको असार २२ पनि एमालेसरकारविरुद्ध अदालत गएको थियो। सभामुखको समेत हस्ताक्षर लिएर गठबन्धनले सरकार बनाएपछि एमालेले हालेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको थियो।
त्यसपछि सभामुखलाई राजीनामा गराएर साउन १६ गते थापा फेरि मुख्यमन्त्री नियुक्त भएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















