राष्ट्रिय जनमोर्चा शिवराज पाँचको भेला सम्पन्न
चन्द्राैटा, २७ साउन ।
कपिलवस्तु, राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति अन्तर्गत पाँच नम्बर वडाको भेला चन्द्रौटामा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा शिवराज नगर समिति अध्यक्ष केहर सिंह पुन प्रमुख आतिथ्यता र बेगम बुढाको अध्यक्षतामा शनिबार सम्पन्न भएको हाे ।
भेलाले बेगम बुढा मगरको अध्यक्षतामा १३ सदस्सीय राष्ट्रिय जनमोर्चा वडा नं ५ वडा समिति गठन गरिएको छ । जस अनुसार अध्यक्ष तिलक गैरे, सचिबमा अजय अधिकारी, कोषाध्यक्षमा तारा देवी घर्ती मगर, सदस्यहरुमा हुम बहादुर कुँवर, बुदै थारु, उजील गिरी, ज्ञान बहादुर थापा, राधेश्याम भुसाल, वैकल्पिकमा जीत बहादुर घर्ती, देवा जिसी रहनु भएको छ ।
सल्लाहकारमा प्रेम नारायण आचार्य, भुवन खनाल, नेत्र विक्रम जिसी र सुकदेव पासी रहनु भएको छ । भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकारमा तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रिय सदस्य केर सिंह अदै र जिल्ला सदस्य तथा राजमो शिवराजका नगर अध्यक्ष केर सिंह पुनले देशको राजनीतिक अवस्था, राष्ट्रिय जनमोर्चा को यही भदौ २२ र २३ गते हुने पाँचौं जिल्ला सम्मेलन को बारेमा चर्चा गर्नु भएको थियो ।
भेला पछिको नव निर्वाचित समितिलाई जातीय समता समाज का शिवराज नगर अध्यक्ष मोहन विक ले बधाई दिनु भएको थियो सञ्चालन अजय अधिकारीले र स्वागत हुम बहादुर कुँवरले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















