काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ।

नयाँ बानेश्वरस्थित स्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो। बैठकमा पछिल्ला समसामयिक घटनाहरूको विषयमा छलफल हुने बताइएको छ।

बैठकको कार्यसूचीमा संसदको अवरोध खुलाउने, विचाराधीन र प्रस्तुत हुनुपर्ने विधेयक अघि बढाउने सम्बन्धमा,बजेटको प्रभावकारी कार्यान्वयनको मोडलर र संघीय संसदमा कांग्रेसको भूमिकाको विषय राखिएको छ।

यस्तै, बैठकमा बैठकमा बाढीपहिरो, लम्पी स्किनको महामारी, डेंगु, आँखा पाक्ने रोग, महंगीलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ ।