काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्।

प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत युरोपका विभिन्न देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।​

ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका हुन्। टर्किस एअरको विमानबाट नेपाल आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागि उडेको उनको सचिवालयले जनाएको छ।

उनको अनुपस्थितिमा कार्यबहाक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ। उनी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।