भक्तपुर : सर्लाहीका पूर्वसांसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन्।

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिए। एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरिउप्रेती, ज्वाला साहलगायत नेताले पहल गरेका थिए।

गत ४ मंसिर०७९ मा एकीकृत समाजवादीबाट प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनावमा पराजित भएका थिए।