राष्ट्रिय जनमोर्चा शिवराजको भेला सम्पन्न, नयाँ समितिसहित कार्यक्रमको घोषणा
चन्द्राैटा, १४ साउन ।
राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको दाेस्राे सम्मेलन चन्द्रौटामा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार तथा अखिल नेपाल किसान संघका केन्द्रिय अपा अध्यक्ष चन्द्र बहादुर केसीले शनिबार कार्यक्रमकाे उद्घाटन गर्दै संघीयताको अर्थ विभाजित समितिहरुलाई जोड्ने बताए ।
यसको ठीक विपरीत मिलेको भूगोल र समाजलाई टुक्राउने काम भएको रहेकाे समेत उनले बताए । जनमोर्चाले सुरु देखि यसको बिरुद्ध संघर्ष गर्दै आएको र अहिले व्यवहारमा नै संघीयता असफल भएको केसीले दाबी गरे ।
यस्तै राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रिय सदस्य केर सिंह अदैले राष्ट्रिय जनमोर्चाले यसक्षेत्रमा गरेका संघर्ष, सयुक्त संघर्षको बारेमा बोल्दै राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा र संघीयता खारेज गर्ने बताउँदै यस नगरको संघर्ष एतिहासिक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोष अध्यक्ष चेत नारायण खनाल, जातीय समता समाजका जिल्ला अध्यक्ष दिल बहादुर विक, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी, अखिल नेपाल महिला संघकी जिल्ला सह सचिव बिनिता अदैले लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 
यसैबीच भेलाले आर्थिक, राजनीतिक, संगठनात्मक रूपमा व्यापक छलफल गर्दै , केहर सिंह पुनको अध्यक्षतामा सल्लाहकारसहित २१ सदस्यीय राष्ट्रिय जनमोर्चा शिवराज नगर कमिटी चयन गरेको छ । जस अनुसार अध्यक्षमा मोहन विक, सचिवमा श्याम प्रकाश खनाल, सह सचिवमा बिनिता अदै, कोष अध्यक्षमा कर्म राज चौधरी चयन भएका छन् । भने सदस्यहरुमा राम प्रसाद कामी, बेगम बुढा, प्रकाश विक, झक बहादुर विक, हुसेन मुल्ला, श्याम मोहन केवट, वैकल्पिक सदस्यमा बेलाउता विक, र शिव प्रसाद थारु लगायत चयन भएकाे जनाइएको छ ।
यसैगरी समितिको प्रथम बैठकले सल्लाहकारमा केर सिंह अदै, छन्द बहादुर केसी, चेत नारायण खनाल, तिलक गैरे, दिल बहादुर विक, भुवन खनाल, रहिस कुजदा, र प्रेम आचार्यलाई चयन भएकाे नगर कमिटीले जनाएको छ ।
यस्तै बैठकले पाँच सदस्यीय सचिवालयसमेत गठन गरेको छ । बैठकले संगठनात्मक अभियान चलाउने समेत निर्णय गरेकाे छ । शिवराज नगरपालिकाकाे वडा नं.१ मा यहि साउन २० गते वडा सम्मेलन गर्ने, वडा नं. ५ मा साउन २८ गते वडा सम्मेलन गर्ने, वडा नं. ३ को भदौ २ गते वडा सम्मेलन गर्ने निर्णय गरेको जनमाेर्चाले जनाएको छ ।
अन्य वडाहरुमा बैठक भेला गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न प्रस्ताव समेत पारित गरेको छ । जस अनुसार राष्ट्रियता गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि संघर्ष गर्ने, सुकुम्बासी समस्याको बारेमा संघर्ष गर्ने, पर्यावरण संरक्षणको लागि संघर्ष गर्ने, भष्टाचार, महँगी, मीटर ब्याज बिरुद्ध संघर्ष गर्ने, जनमोर्चाको पाँचौँ जिल्ला सम्मेलन सफल पार्ने लगायतकाे निर्णय गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















