देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले पुर्ण सेवा सूविधाको माग सहित पेशागत स्थायित्वको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुदा न. १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको विरोद्धमा विद्यालय कर्मचारी परिषद आन्दोलित भएको छ ।

सरकार र स्थानिय सरकारले आफुहरुको माग सम्बोधन नगरेकोले २६ गतेदेखि विद्यालयलाई ताला चाबी बुझाई नगरपालिका अगाडी धर्ना दिएको शिवराज नगरका अध्यक्ष विरबहादुर महतराले बताए । महतराले विद्यालयका कर्चारीहरुलाई सरकारले बेवास्ता गरेकोले ताला चाबी बुझाई स्थानिय सरकारको  अगाडी तिन दिन देखि  धर्नामा बस्नु परेको बताए । शिवराज नगरपालिका भित्र सामुदायीक विद्यालयमा सत्तरी जना विद्यालय कर्चारीहरु कार्यरत रहेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषदले काठमाडौमा विरोध प्रदर्शन गर्दे संघीय शिषा ऐन त्तकाल जारी गर्न नि:शुल्क शिक्षा लागु गर्न माग राख्दै आन्दोलन गरिरहेका छन्  ।