उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने
काठमाडौं : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन कतार जाने भएका छन्।
कतारको दोहामा आइतबारदेखि मंगलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसअघि मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदै छ। सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दै छ।
कतारको दोहामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन्। यससँगै उनले विभिन्न देश तथा संघ–संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।
श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत अधिकारीको सहभागिता रहनेछ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















