काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धव पौडेललाई उपाध्यक्ष बनाएका छन्।

पार्टीको विधानअनुसार पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यसअघि केन्द्रीय कार्य सम्पादन समिति सदस्यको जिम्मेवारीमा रहेका पौडेल पछिल्लो महाधिवेशनपछि पार्टी विभाजन भई राप्रपा नेपाल गठन हुँदा पनि उपाध्यक्षको जिम्मेवारीमा थिए।

पौडेललगायत केही नेता तत्कालीन राप्रपा नेपाल परित्याग गरी गत वैशाखमा फर्किएका थिए। राप्रपामा तीन निर्वाचित र पौडेलसहित पाँच मनोनित गरी आठ उपाध्यक्ष छन्।