मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन ? : सांसद शाही
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन माग गर्नुभएकाे छ ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद शाहीले भन्नुभयो, ‘हिमाली जिल्लामा मङ्सिरमा परीक्षा सकिन्छ । फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुन्छ । तर अहिलेसम्म किताब पुर्याइएको छैन । सूचनाअनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । बाँकी दुई महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । छिटोभन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’
सांसद शाहीले मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्ने प्रश्नसमेत गर्नुभयो । यस पटक पनि हिमाली क्षेत्रका विद्यार्थीले समयमै किताब पाउनेमा द्विविधा देखिएकाे उहाँले बताउनुभयाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















