काठमाडौं : नेकपा एकीकृत समाजावादी पार्टीको आज केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

दुई दिनसम्म चल्ने बैठक आज बिहान साढे १० बजे ललितपुरको बालकुमारीस्थित एक बैंक्वेटमा बैठक बस्ने महासचिव बेदुराम भुसालले जानकारी दिए।

आजको बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। उनले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरुले छलफल गर्नेछन्। आज सुरु हुने बैठक भोलि सकिने महासचिव भुसालले बताए।

बैठकमा पार्टीको आन्तरिक विषयका साथै समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन गर्दै आएको आग्रहका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।