राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। निर्वाचनको मिति संविधानविपरीत भएको भन्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार रिट दायर गरेका हुन्।
निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लंघन भएको जनाइएको छ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको रिटमा उल्लेख छ।
आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















