पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।