जापानी राज्यमन्त्री निर्वाचन अवलोकन गर्न नेपाल आउने
काठमाडौं : जापानका विदेश राज्यमन्त्री ताकेइ सुनसुके मंसिर ४ गते हुने आमनिर्वाचन अवलोकन गर्न नेपाल आउने भएका छन्।
सुनसुके आमनिर्वाचनकै दिन नेपाल आइपुग्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ। उनी निर्वाचन पर्यवेक्षण टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन्।
निर्वाचन पर्यवेक्षणमा आउन लागेका विदेशी पाहुनामध्ये उनी हालसम्मकै उच्च पदस्थ व्यक्ति हुन्। उनले सोमबारसम्म नेपालमा रहेर आमनिर्वाचनको अवलोकन गर्नेछन्। यसअघि पूर्वसंसदीय उपमन्त्री होरी इवाओ सन् २०१७ मा नेपाल आएका थिए।
जापान सरकारले नेपालको विकास र समृद्धिका लागि लोकतन्त्रको प्रगति अपरिहार्य भएकाले निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण हुर्नुपर्नेमा जोड दिएको छ।जापानी राज्यमन्त्री सुनसुके नेपालमा रहँदा उच्च पदस्थ नेतृत्वसँग शिष्टाचार भेट गर्ने दूतावासले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















