‘देशको चौतर्फी विकास गर्न एमाले नेतृत्वको सरकार आवश्यक छ’
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले युवाले सचेत हुन आवश्यक रहेको बताएको छ । उहाँले देश निर्माणका लागि युवा सजक, साहसी, निर्भीक र देशलाई सुरक्षित राख्न प्रतिबद्ध हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले सार्वभौमिकताका लागि युवा आवश्यक भएको बताउँदै एमाले नेतृत्वको सरकार बने मात्र देशको विकास सम्भव भएकोले युवाले एमाले उम्मेदवारलाई जिताउनुपर्नेमा लाग्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो; ‘एमाले नेतृत्वको सरकारले हो अहिले जनताले विकासको प्रत्यक्ष महसुस गरेका छन् ।’ उहाँले थप्नुभयोः चौतर्फी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र भौतिक पुर्वाधारको विकास गर्न एमालेको सरकार बनाऔँ ।’ राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
यस्तै क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले युवा नै देशको भविष्य भएको बताउँदै युवा शक्ति नै देशको शक्ति भएको बताउनु भएको छ । उहाँले देशमा सुशासन, समृद्धि र विकासका लागि युवाहरूले नेकपा एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा मतदान गरि विजयी बनाउन अनुरोधसमेत गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि अन्य पार्टीका शिर्ष नेतासहित ५० जना बढी नेता, कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी सह–इन्चार्ज गिरिधारी लाल न्यौपानले उहाँहरुलाई टिका तथा खादा लगाई पार्टीमा प्रवेश गराउनु भएको हो ।
नेकपा एकीकृत समाजबादी लुम्बिनी प्रदेश सदस्य डा.जहिरुल हसन खाँ, लोसपा युवा जिल्ला अध्यक्ष विजय कुमार चौधरी, नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटी अध्यक्ष तेज प्रसाद पौडेल, नेपाली काँग्रेसका भगवान दास यादव, जसपा र बहुजन शक्ति पार्टीका कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रवेश गर्नुभएको राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो ।




















