काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने बताएका छन्।

उनले यदि ओली नेतृत्वमा भएको भए माओवादीसँग भएको १२ बुँदे सम्झौता पनि हुन नसक्ने दाबी गरेका छन्।

आइतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाएका छन्।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बेला सात दलको नेता माधवकुमार नेपाल रहेको बताए। ‘अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन्। ति नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए’, उनले भने।