कपिलवस्तु असोज २८ गते
नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो क्षेत्रमा सिँचाईको लागि बजेट व्यवस्था गरे पनि पालिकाले टेन्डर नगर्दा बजेट फ्रिज भएको बताउनु भएको छ । महाराजगन्ज नगरपालिकामा निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उहाँले बुद्धभूमि र महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा किसान मर्कामा परेको बताउनु भयो । महाराजगन्जको तेनुवामा सिँचाईको लागि १ करोड रुपैया बजेट पारे पनि महाराजगन्ज नगरपालिकाले टेन्डर नगर्दा बजेट ल्याप्स भएको बताउनु भयो ।

उहाँले अगिल्लो वर्ष पनि तेनुवा बाधको लागि ६५ लाख रुपैया विनियोजन गरेको थिए त्यो वजेट पनि टेण्डर नगर्दा ल्याप्स भएको बताउनु भयो । उहाँले महाराजगन्ज र बुद्धभूमिमा सिँचाईको लागी सेखुनिया ताल मानपुरका लागि विनियोजन गरेको बजेट काम नभएर ल्याप्स भएको बताउनु भयो । सेखुनिया तालबाट महाराजगन्जका खेत सिँचाई गर्ने नाला र ताल समेत अतिक्रमण गरिएको छ ।

उहाँले सुर्य चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भएको थियो । जनतालाई सिँचाईको लागि बुद्धभूमिको हरिहरपुर तालमा समेत ५० लाख बजेट ल्याए पनि नगरपालिकाले काम नगरेको बताउनु भयो । उहाँले सिँचाईको लागी २ वर्ष अगाडी नौमुरे सिँचाई आयोजनाको कार्यालय खोले पनि अहिलेको सरकारले काम नगरेको बताउनु भयो ।

उहाले महाराजगन्ज नगरपालिकाको हर्दौनामा पुल बनाउनको लागि टेन्डर भएको बताउनु भयो । विपक्षीले पुल बन्दैन भनेर हल्ला फिजाएको बताउँदै । वृजेश कुमार गुप्ताले आफै पहल गरेर पुल निर्माणको काम अगाडी बढेको बताउनु भयो । उहाँले चुनाव पछि हर्दैना पुलको काम सुरु हुने समेत बताउनु भयो । मैले ठुला कामको लागि मन्त्रालय गएर पहल गर्ने गरेको हुँदा डुमरा महाराजगन्ज हर्दौना सडक कालोपत्रेको काम भएको बताउनु भयो । दुई दशक अगाडी बनेको जिर्ण सडक यसै वर्ष निर्माण सम्पन्न हुने दाबी गर्नु भयो ।

उहाँले तकिहावा देखि शान्तीपुर सडकको योजना पारे पनि एमालेको सरकार ढले पछि योजना अलपत्र परेको बताउनु भयो । एमाले सरकार ढले पछि २ वर्ष गठवन्धन सरकारले त्यो योजनामा चासो नदिएको बताउनु भयो । उहाँले पडेरीयामा लिफ्ट सिचाई योजना, बरइपुर, सोनवर्षामा लिफ्ट सिँचाई योजनाको काम भएको बताउनु भयो । हर्दौना र बुद्धभूमिमा कृषि स्मार्ट गाँउ आफ्नो पहलमा भएको बताउनु भयो ।