कपिलवस्तु ३ मा ६२ जनाको मनोनयन दर्ता (नामावली सहित)
कपिलवस्तु क्षेत्र ३ मा ६२ जनाले मनोनयन दर्ता गराएका छन ।
कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि तर्फ १८ जनाले मनोनयन दर्ता गराएको कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनु भयो ।
प्रदेस सभा ३ (क) मा १९ जना र ३(ख) २५ जनाले मनोनयन गर्ता गराएको निर्वाचन अधिकृत मरासिनीले न्युज सेन्टर नेपाललाई बताउनु भयो ।
नागरिक उन्मुक्ति पार्टीबाट ३(क) बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार पत्र दिएका उमेश चौधरीले निर्वाचन खर्च नबुझाएको र ३ (ख ) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारी दिएका गोविन्द चौधरीको उमेर नपुगेकाले मनोनयन दर्ता हुन सकेको छैन ।
उमेश चौधरी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट शिवराज ५ को वडा सदस्य पदमा उम्मेदवार बनेका थिए । गोविन्द चौधरीको २५ बर्ष नपुगेकाले मनोनयन दर्ता नभएको निर्वाचन कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता गराएको नामावली








तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























